
काठमाडौँ, २१ असार । प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
गएराति चट्याङ लागेर घाइते भएका जिल्लाको ऐरावती गाउँपालिका-६ बिजुलीकोटका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। भने, अन्य ९ जना घाइत भएको जिल्ला अस्पताल प्युठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन्। चट्याङ लागेर ऐरावती-६ का ६ जना र १ का ४ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ।















प्रतिक्रिया