१ कार्तिक २०८३, आइतबार

लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भेन्टियान, २१ असार । लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् । भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको सोमबारको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा बढी ३ हजार १९३ जना डेंगुका बिरामी फेला परेका छन्।

लाओ स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई डेंगुको फैलावट रोक्न मद्दतको लागि उनीहरूको घर र कार्यस्थल वरपरको सम्भावित लामखुट्टे प्रजनन हुनसक्ने ठाउँहरू विशेष निगरानी राख्न अनुरोध गरेको छ ।-रासस