१ कार्तिक २०८३, आइतबार

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेशनल कर्जा सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा असार १७ गते शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको छ ।