१ कार्तिक २०८३, आइतबार

इन्स भाषा साहित्य समितिले भानु जयन्ती विशेष कार्यक्रम गर्दै

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समितिले असार २५ गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

समितिकी अध्यक्ष डा. जानुका पौडेलका अनुसार नेपाली भाषा साहित्यमा योगदा पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको हो । साथै, कार्यक्रम नव प्रतिभाहरुलाई एउटा प्रतिभा देखाउने प्लेटफर्म हुने पनि पौडेलको विश्वास छ ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली भाषा साहित्यका वरिष्ठ साहित्यकार मुक्ति प्रसाद उपाध्याय बराल रहनेछन् भने विशेष अतिथिको रुपमो नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसी भट्टराई रहनेछन् ।

कार्यक्रममा उनीहरुले भानुभक्तबारे कार्यपत्र प्रस्तुत गर्ने पौडेलले बताइन् ।

कार्यक्रममा विभिन्न कृतिहरु विशेषगरी कविता, मुक्तक, गजलको प्रस्तुति रहेनछ ।

इन्सले गतवर्ष पनि भानु जयन्ती विशेष ढंगले मनाएको थियो । त्यस्तै, अन्य नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिने विभिन्न अवसरहरुमा कार्यक्रम गर्दै आइरहेको र असार २५ गते हुने भानु जयन्ती पनि त्यसैको निरन्तरताका रुपमा रहेको इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरिले बताएका छन् ।