
काठमाडौँ, २० असार । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना परिवारका सदस्यहरुलाई लभाको पद दिएको भन्दै चौतर्फी विरोध हुने गरेको छ ।
तत्कालीन माओवादी द्वन्द्वमा आफ्नो ज्यानको बाजी लगाएर युद्ध गर्नेहरुलाई नभई आफ्नै नजिकका नातेदारलाई स्थापति गराउन प्रचण्ड खुलेरै लाग्ने गरेका छन् ।
यसै क्रममा निकै लामो समय विवादित रहेको माओवादीको पदाधिकारी विवाद आइतबार मात्रै टुंगिएको छ ।
जसमा अध्यक्ष प्रचण्डले ३७४ जना सदस्यीय केन्द्रिय समितिको नाम सार्वजनिक गरे ।
समितिको नाममा अध्यक्ष प्रचण्डले आफ्ना छोरी ज्वाँईलाई पनि राखेका छन् ।
माओवादी केन्द्रीय सदस्यमा प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्यलाई राखिएको छ ।
सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ ।
त्यसअघि नै प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका केन्द्रीय समितिमा परेका छन् ।















प्रतिक्रिया