१ कार्तिक २०८३, आइतबार

भारतीय दूतावासभित्र मर्नेको खुल्यो परिचय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० असार । भारतीय दूतावास, लैनचौरभित्र आफैलाई गोली हानेर आत्महत्या गर्ने सुरक्षाकर्मी ३२ वर्षीय दीपक सिंह रहेको खुलेको छ । उनले आज बिहान आफैँले बोकेको इन्सास राइफलबाट आफैँमाथि गोली चलाएका थिए ।

दूतावासभित्रै मारिएका दीपकको शव केही बेरअघि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्ज पुर्याइएको थियो । शवको पोष्टमार्टम भइसकेको छ ।

आज बिहान सबेरै सिंहले दूतावासको सुरक्षार्थ खटिएको समयमा आफैंलाई गोली हानेका थिए । नेपाल प्रहरीको अपराध महाशाखा टोलीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।