१ कार्तिक २०८३, आइतबार

करिब १० अंकले घट्यो नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । सोमबार नेप्से परिसूचक ९.७५ अंकले घटेर २,०७६.६७ बिन्दुमा पुगेको छ। नेप्से घटेपनि कारोबार रकम भने आज करिब दुई गुणाले बढेको छ।

अघिल्लो दिन नेप्से परिसूचक करिब ५८ अंकले बढ्दा कारोबार रकम २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको थियो। आज भने कारोबार रकम ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको हो।

सोमबार कुल २३४ किसिमका धितोपत्र तथा ऋणपत्रको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ८४ वटाको मूल्य बढेको छ भने १३९ वटाको मूल्य घटेको छ।

आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। यसपछि न्यादी ग्रुप पावरको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।