
काठमाडौँ, २० असार । असार २७ गतेबाट नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार नबिल बैंकको नामबाट सुरु हुने भएको छ । यी दुई बैंकको मर्जर प्रस्ताव जेठ ७ गते सम्पन्न भएको सभाले पारित गरेको थियो भने केन्द्रीय बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ सेयर स्वाप अनुपातमा एक्वायर गरेको हो । नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर उक्त बैंकका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता (१:०.४३) शेयर हात पार्नेछन् ।
नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै यी दुई बैंकले एकिकृत कारोबार गर्न लागेका हुन् । असार १९ बसेको यी दुई बैंकको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो ।
मर्जरपछि नबिललाई एनबीबाट करिब साढे ४ अर्ब रुपैया चुँक्ता पूँजी थपिदैछ । नबिलले एनबी बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको आफुँमा गाभेको हो ।















प्रतिक्रिया