१ कार्तिक २०८३, आइतबार

पाटनमा उच्च अदालतका कर्मचारीबिच कुटपिट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट भएको छ। दिउँसो कार्यालयमा बसिरहेका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि शाखा अधिकृत हिरालाल भुसालले आक्रमण गरेका हुन्।

आइतबार दिउँसो कार्यालय समयमा एक शाखा अधिकृत र उपसचिवबिच विवाद भएको थियो। विवाद उत्कर्षमा पुग्दा कुटपिट समेत भएको अदालतमा कार्यरत एक कर्मचारीले जानकारी दिए। मुद्दाको विषयलाई लिएर विवाद भएको देखिएको छ।