
दिल्ली, २० असार । भारतमा सोमवार निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सैँजमा बस गहिरो खाडलमा खसेको हो ।
कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले सैँज जाँदै गरेको बस जांगला गाउँ नजिकै खोँचमा खसेको बताए । घटना बिहान ८ बजेतिर भएको हो । बसमा करीब ४५ यात्रु सवार थिए । दुर्घटनामा कयौं घाइते भएको आशंका गरिएको छ । अहिले उद्धार कार्य जारी छ ।















प्रतिक्रिया