
काठमाडौँ, १९ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँ उपत्यकामा थप तीन वटा शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौँको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् ।
सुविधा सम्पन्न यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्या उने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया