
काठमाडौँ, १९ असार । नेपाली कांग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एनसिसिको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुन अमेरिका आई पुगेका छन् ।
उनी शनिबार डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन् । उनी भर्जिनियाबाट नर्थ क्यारोलाइना राती आई पुग्दा उनलाई आयोजकहरुले स्वागत गरे ।
अमेरिकाको र्या ले शहरस्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न ११ औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनको लागि महामन्त्री शर्मा आएका हुन् ।
यस पटक उनको आगमनले निकै महत्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली संघले उठान गरेको गैर आवासीय नागरिकता लगायत बिषयमा उनको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहेका छन् ।

नेपालमा आगामी निर्वाचन र संसदमा अड्किएर बसेको गैर आवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यसतर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त बिषयमा सकारात्मक कदम चाली रहेको छ ।
आज हुने दुई दिने कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहने छन् ।
दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको संदेश समेत प्रस्तुत गरिने छन् ।














प्रतिक्रिया