१ कार्तिक २०८३, आइतबार

नेपालमा फेरि बढ्दै कोरोना, ओमिक्रोनको नयाँ प्रजाति पनि भेटिएको पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेपालमा फेरी कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ ।

यससँगै आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’ फेला परेको पनि पुष्टि भएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको जनाइएको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा पनि भेटिएको हो ।

यसको अर्थ नेपालमा पनि ओमिक्रोनको नयाँ प्रजाती भित्रभित्रै फैलिरहेको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केही दिन देखिको तथांकका अनुसार गत असार १३ गते ३३ सय ५८ परीक्षण गर्दा ४१ जना संक्रमित भएको देखिन्छ ।

त्यस्तै, असार १४ गते ४४, असार १५ गते ६२, असार १६ गते ५५, असार १७ गते ५० र असार १८ गते हिजो ४४ जनामा संक्रमण पुष्टि भएको छ ।