१ कार्तिक २०८३, आइतबार

एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष, को कुन प्रदेशमा ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेकपा (एमाले)ले प्रदेश र जिल्ला तहमा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जसका लागि एमालेले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतका लागि उपाध्यक्षहरुलाई प्रदेशमा खटाउने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ प्रदेश र जिल्लामा नेतृत्व खटाइएको जनाएका छन् ।

उनका अनुसार अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।