
काठमाडौँ, १९ असार । काठमाडौँको बबरमहलमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।
उनीहरुको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गिरीको अवस्था गम्भीर रहेको बताइएको छ ।
आज विहान पौन ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया