१ कार्तिक २०८३, आइतबार

अछामका विनोद शाही मृत्यु प्रकरणमा आरोपीलाई नपक्रेकोमा पाँच दलले गरे अछाम हड्ताल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १९ असार । अछामका विनोद शाही मृत्यु प्रकरणमा आरोपितलाई नपक्रेको भन्दै पाँच दलले अछाममा सवारी साधन बन्द गराएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनामा प्रहरीले आरोपितलाई नपक्रेको भन्दै बन्द गरेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर आइतबार र सोमबार सवारीसाधन बन्द गराएका हुन् ।

पाँच दलले संयुक्त रुपमा जारी विज्ञप्तिमा सत्ता र शक्तिको आडमा दोषी उम्कन नपाओस् भनी बन्द गरिएको उल्लेख छ ।

पीडित पक्षले शाहीको हत्या गरेको आरोप लगाउँदै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर प्रहरीले पाँच जनालाई मात्रै पक्राउ गरेको छ ।

मेयर चलाउने पनि फरारको सूचीमा छिन् ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

त्यही विवादलाई लिएर १७ जेठमा पनि तनाव उत्पन्न भएको थियो । त्यही क्रममा शाही बेपत्ता भएका किशोर शाही पछि मृत भेटिएका थिए ।