१ कार्तिक २०८३, आइतबार

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ ।

आज चौथो पटक सुनुवाइ हुन लागेको हो ।

वैशाख १८ मा सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए ।