२९ आश्विन २०८३, बिहिबार

विश्वका चर्चित मुड्कीवाज म्यानी प्याकियाओ र फ्लोइड मेवेदरबीच भाले जुधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-boxing-1

– विजय थापा 

वाशिंगटन डिसी । अमेरिकाका अपराजित प्रख्यात मुडकीवाज फ्लोइड मेवेदर तथा फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ बीच शनिवार साँझ हुने भएको छ । उनीहरुले अन्तिम वजन लिई सकेका छन् ।

यी दुई मुड्कीवाज बिश्वकै आफ्नो तौलका उत्कृष्ठ खेलाडी हुन् भने विश्वका खेल जगतका सबै भन्दा धनाड्य खेलाडी फ्लोइड मेवेदर हुन् ।

२००९ देखि नै भिड्ने चर्चा भएपनि अन्तत्वगत्वा २०१५ मा आएर दुबै जना भिड्ने वातावरण बनेको हो । यो खेल ईतिहासको सबै भन्दा ठुलो राशि भएको खेल साबित भै सकेको छ ।

maxresdefault1पुराना सबै किर्तिमानलाई तोड्दै नयाँ अभिलेख कायम गरेको छ । सन् १९७१ मा महमद अलि र जो फ्रेजरबीच भएको भिडन्त नै शताब्दी कै खेल भनि नामाकरण गरिएको थियो भने म्यानी प्याकियाओ तथा फ्लोइड मेवेदर बीच हुने महँगो खेल कहिले नहुन् पनि सक्छ भनि छापामा चर्चामा छ ।

म्यानी प्याकियाओले ८ वटा विभिन्न तौल समुहमा किर्तिमान कायम गरेका छन् भने मे वेदरले ५ वटा तौल समुहमा बिजयी भै ईतिहास रचेका छन् ।

प्याकियाओले अत्यन्तै छिटो मुड्की चलाउन सिपालु छन् भने उनि विश्वका यस्ता खेलाडी हुन् जो २ पटक हार खायेता पनि हारेता पुन आफुले जित्न सफल भै विश्व लाई एउटा आश्चर्य बनाई दिएका छ । पराजित हुन् थाले पछि फेरी माथि उठ्न सक्दैनन् तर यिनी अपबादमा पर्छन ।

WBC/WBA welterweight champion Floyd Mayweather Jr. (L) of the US and WBO welterweight champion Manny Pacquiao of the Philippines pose during a news conference at the KA Theatre at MGM Grand Hotel & Casino on April 29, 2015 in Las Vegas, Nevada. The two will face each other in a unification bout on May 2, 2015 in Las Vegas.   AFP PHOTO / JOHN GURZINSKIJOHN GURZINSKI/AFP/Getty Images२०१२ र २०१४ मा भएको टिमोथी ब्राडली तथा क्रिस अल्जेरीलाई संगको भाले जुधाईमा प्याकियाओले जितेका थिए भने दुबैले प्याकियाओलाई बिश्व कै सर्वश्रेष्ठ खेलाडी मानेका थिए ।

म्यानी प्याकियाओले पनि फ्लोइड मेवेदर जस्ता खेलाडी कहिले सामना गरेका थिएनन् भने फ्लोइड मेवेदरले पनि म्यानी प्याकियाओ उत्कृस्ट जस्ता खेलाडी अहिले सामना गरेका छैनन् ।

मे वेदर प्रतिरक्षामा ज्यादै कुसल मानिन्छन र अपराजित हुन् । म्यानी प्याकियाओ तेज, कडा तथा तिब्र मुड्की प्रहार गर्न सिपालु त छन् ।

LAS VEGAS, NV - APRIL 29:  WBC/WBA welterweight champion Floyd Mayweather Jr. (L) and WBO welterweight champion Manny Pacquiao pose with a WBC championship belt during a news conference at the KA Theatre at MGM Grand Hotel & Casino on April 29, 2015 in Las Vegas, Nevada. The two will face each other in a unification bout on May 2, 2015 in Las Vegas.  (Photo by Ethan Miller/Getty Images) *** BESTPIX *** ORG XMIT: 539033559 ORIG FILE ID: 471559844म्यानी प्याकियाओ लाई प्याक म्यान पनि भनिन्छ । फिलिपिन्सका संसद पनि हुन् । उनले अहिले सम्म अपराजित भएका सबैलाई पराजित गरेका छन् ।

मे वेदर कहिले पनि पराजित नभएकोले उनको लागि पनि देश र आफ्ना प्रशंसकहरुको लागि कुनै कसर नराख्ने दाउमा छन् किनभने उनले ४७ वटा सबै खेल जितेका छन् ।

विश्वका प्रख्यात खेलाडीहरु, माइक टाइसन, होलिफिल्ड, महमद अलि, जर्ज फोरम्यान, सुगर रे, मिगल कोटो, टिमोथी ब्राडली, क्रिस अल्जेरी, अस्कर दे ला होया ले म्यानी प्याकियाओको पक्षमा छन् भने माइक टाइसन जित्ने लिनक्स लेविस, मार्केज़, शेन मोस्ली, रिकी ह्याटनले फ्लोइड मेवेदरले जित्ने भबिष्य बानि गरेका छन् ।

बिश्व कै सबै भन्दा महँगो खेल म्यानी प्याकियाओ बिरुद्ध फ्लोइड मेवेदर बीच भिडन्त हुदैछ र भाले जुधाई हुदैछ अगाडी बसेर हेर्ने सिटको टिकटको वास्तविक शुल्क १० हजार डलर भएता पनि अहिले ३ लाख डलरमा बिक्रि गर्न राखिएको बिद्युतिय पत्रिकाले समाचार लेखेको छ ।

मे वेदर भन्छन, म जित्छु । म्यानी भन्छन, देशको ईज्जत बचाउनु छ । म प्रशंसकहरुको लागि खेल्छु । मे वेदर घुडा टेकाउने दाउमा छन् किनभने उचाईले उनलाई साथ दिएको छ । म्यानीका प्रशिक्षक दुरीमा खेल्ने र १२ घन्टी सम्मै खेल खेल्ने योजनामा छन् ।

बिश्वमा अहिले सर्बाधिक चर्चामा यिनै दुई को भिडन्तको छ भने नेपालको भूकम्प तथा बाल्टिमोरमा फ्रेडी ग्रेको मृत्यु पनि सर्बाधिक चर्चामा रहेको छ ।