२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च क्यानडा अध्यक्षमा घिमिरे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोरोन्टो, १४ असार। प्रवासी नेपाली मञ्च क्यानडाले नयाँ नेतृत्वको जिम्मेवारी विश्वम्भर घिमिरेलाई दिएको छ। यसअघि महासचिव रहेका घिमिरे अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन्।

६ सदस्य पछि थप्नेगरी सम्पन्न भएको अधिवेशनले तीन उपाध्यक्ष, एक सचिव र एक उपसचिव पनि चयन गरेको छ।

क्यानडाको टोरन्टो शहरमा जुन २५ मा सम्पन्न अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए। अधिवेशनमा प्रवास अन्तराष्ट्रिय सल्लाहकार परिषद अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सदस्य सन्जय थापा, सचिव चिरन्जिवी घिमिरे, अमेरिकाज क्षेत्रका ईन्चार्ज ईश्वरी भट्ट, प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्णप्रसाद लामिछाने पनि सहभागी भएका थिए।

एमाले स्थायी कमिटी सदस्य भट्टराईले प्रवासी नेपाली मन्च क्यानडाले नेपालमा अक्सिजन प्लान्ट स्थापना, अस्किजन कन्सन्ट्रेटर, रिकनेक्टिङ भिलेज जस्ता कार्यक्रमहरु गर्नु प्रशंसनीय रहेको बताए।

एनआरएनए सचिव घिमिरेले प्रवासीका मुद्दाहरुमा नेपाल सरकार र सबै राजनीतिक पार्टीहरु सकारात्मक रहेको र भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता निरन्तरताका निम्ति दस्ताबेज पेस गरेको जानकारी दिए। उनले सबै संघसंस्थासँग एनआरएनए सहकार्य गर्न तयार रहेको बताए।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय सल्लाहाकार कमिटि संयोजक संजय थापा, प्रवासी नेपाली मञ्च उत्तर अमेरिकी कमिटी संयोजक इश्वरी भट्ट र प्रवासी नेपाली मञ्च अमेरिकाका नवनिर्वाचित अध्यक्ष  कृष्ण लामिछानेले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए।

नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धीप्रकाश ओलीले अधिवेशन सफलताको कामना गर्दै क्यानडामा पार्टीगत हिसावले विचार फरक देखिए पनि आफ्नो समुदायको हितका लागि सवै संस्था एकजुट रहेको स्पष्ट पारे।

मञ्चका निवर्तमान अध्यक्ष रमेश थापाले प्रवासी मञ्चले आपत विपत्तको समयमा यहाँका सवै संघसंस्थाहरुसँग १० वर्षदेखि सहकार्य गर्दै आएको जानकारी दिए। थापा संस्थापक अध्यक्ष पनि हुन्।

कार्यक्रममा एनसीसीएस, एनसीएनसी, लालीगुरांस स्पोर्टस क्लव, नेप्लिज टोरोन्टो स्पोर्टस क्लव, पिएनसीसी, कास्की सेवा समाज, बाग्लुड. सेवा समाज, गोर्खा समाजलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै नेपाली लोक गायक पुरुषोत्तम न्यौपानेले शुभकामना दिदै केही लोक गीत प्रस्तुत गरेका थिए।