३० आश्विन २०८३, शुक्रबार

अपडेट: आजको भूकम्पले गोरखामा उद्दारका लागि गएका २५ जना पुरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earthquake-barpak

काठमाडौं, १९ वैशाख । गोरखाको लाप्राकमा भूकम्प जादा उद्दारमा खटिएका २५ जना पुरिएका छन् । जसमा ४ जनाको शव निकालिएको छ ।
२१ जना उद्धारकर्ता अझै सम्पर्कमा नआएको गोरखा प्रहरीले जनाएको छ ।

उनीहरु गत शनिवारको भूकम्पपछि उद्दारका लागि गोरखा गएका थिए । गोरखा गएको यो उद्दार टोली कुन ठाउँबाट आएको हो भन्ने बारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको कान्तिपुर टेलिभिजनले जनाएको छ । यसको आधिकारिक पुष्टि भने अहिलेसम्म हुन सकेको छैन ।

आज विहान ११ बजेर ३० मिनेटमा लमजुङ र गोरखाको सिमाना बारपाकलाई केन्द्र बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।