२९ आश्विन २०८३, बिहिबार

भूकम्पपीडतका लागि राहत संकलन गर्दै न्यूयोर्कका विद्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Americaन्युयोर्क । गत शनिबार गएको भूकम्पले निम्ताएको विनाशमा केही मलहम लगाउनको लागि अमेरिकको न्यूयोर्क स्थित सिटी कलेज अफ न्यू योर्कमा अध्यनरत नेपाली विद्यार्थीहरुले राहत संकलन सुरु गरेका छन् ।

नेपालमा महाभूकम्पको खबर पाउन साथ राहत रकम जम्मा गर्न सुरु गरेको सिटी कलेज न्यूयोर्क नेपाली विद्यार्थी समाजका अध्यक्ष रोज्जे महर्जनले बताए ।

अप्रिल ३० गते सम्म ५ हजार अमेरिकी डलर सहयोग रकम संकलन भई सकेको समाजका कोषाध्यक्ष अरुण ओझाले बताए । अझै धेरै रकम संकलन गर्न न्यूयोर्कमा बस्ने सम्पूर्ण नेपाली विद्यार्थीमाझ जाने ओझाको भनाइ थियो ।

ओझाले संकलित रकम सही रुपमा पिडित समक्ष पुराउनको लागी सही माध्यामको खोजि भई रहेको जानकारी गराउँदै छिट्टै राहात रकम नेपाल पठाउने जानकारी गराए । सिटी कलेज न्यूयोर्कमा करिव ४० जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।