३० आश्विन २०८३, शुक्रबार

भूकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार ६५९ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nowakot-bhukamapa-1काठमाडौँ, १९ वैशाख । भूकम्पमा परी छ हजार ६५९ जनाको ज्यान गएको तथा १४ हजार ६२ जना घाइते भएका पछिल्लो विवरण सरकारले सार्वजनिक गरेको छ ।

सिन्धुपाल्चोकमा दुई हजार ४३५ र काठमाडौँमा एक हजार १५२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पले १० हजार ४६४ सरकारी भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार १८८ घर आंशिक रुपमा भत्केका छन् । सर्वसाधारणका एक लाख ३० हजार ५०३ घरमा पूर्ण क्षति भएको छ भने आंशिक रुपमा एक लाख ३५ हजार ९७० घरमा नोक्सानी भएको छ । रासस