२८ आश्विन २०८३, बुधबार

माधव नेपाल अध्यक्षमा उठ्नु विधानसंवत् छैन–सचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का सचिव Shankar-Pokhrel1287830352ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षमा उठ्नु पार्टीको विधानसंवत् नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, गोरखापत्र शाखाले नेकपा (एमाले)को आसन्न नवौँ महाधिवेशनका अवसरमा शनिवार आयोजना गरेको अन्तक्र्रियामा उहाँले पार्टीका वरिष्ठ नेता नेपालले दुई कार्यकाल नेतृत्व गरिसक्नुभएकाले पुनः अध्यक्षमा उठ्न विधानसंवत् नहुने धारणा राख्नुभयो ।

सचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटीको बैठकले नै तेस्रो नेता केपी ओली भनेर पहिले नै सहमति गरिसकेकाले दुई शीर्ष नेताले पार्टी अध्यक्षको दाबी गर्न नहुने उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता नेपाल र अध्यक्ष झलनाथ खनालले पार्टीमा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले तेस्रो नेता ओलीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रेस चौतारी नेपालका मध्यमाअञ्चल उपाध्यक्ष उपेन्द्र केसीले नेकपा (एमाले)को  महाधिवेशन सहमति र एकताका साथ सम्पन्न गराउनका लागि सक्रिय भूमिका खेल्ने बताउनु भयो ।

सो कार्यक्रममा चौतारी गोरखापत्र शाखाका सल्लाहकार लक्की चौधरी नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्यमा विजयी हुनुभएकोमा सचिव पोखरेलले सम्मान गर्नुभएको थियो ।