२९ आश्विन २०८३, बिहिबार

१० गजामै चीनले लगायो बार, सीमा संरचना निर्माणको मापदण्ड पालना गरिएन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चुमनुब्री गाउँपालिका–१ रुई भञ्ज्याङ सिमानाको दशगजा क्षेत्रमा नै चीनले गरेको तारबार ।

काठमाडौं, ९ असार । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ ।

सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो । यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै ।

गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएकाबारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन । यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन् । परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन् ।

भन्छिन्, ‘हाम्रो जानकारीमा रहेसम्म रुई नाकामा दशगजाभन्दा पर तारबार गरिएको छ । सीमास्तम्भभन्दा दशगजा क्षेत्रभित्र तारबार वा कुनै पनि संरचना बनाउँदा दुईपक्षीय सहमति आवश्यक पर्छ । दशगजाभन्दा बाहिर हो भने छलफल गरिरहनु पर्दैन । तर, यस स्थानमा दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ । स्थानीय छिरिङ लामा भन्छन्, ‘रुइला नाकामा तारबार लगाएको छ। त्यो पनि दशगजा भित्रै । तारबार भने चीनतर्फको भागबाट फलाममा बाँधिएको छ ।’

चीनले दशगजा क्षेत्रमा नै तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि बन्द रहेको स्थानीय छिरिङ लामा बताउँछन् । तार लगाएकै तीन वर्ष भएको उनको भनाइ छ । ‘चीनले तारबार लगायो । आवतजावत बन्द छ । आफन्त भेट्न जान पनि पाइँदैन,’ उनले भने । उनी थप्छन्, ‘साम्दो र रुई भनेको त वारि र पारिको गाउँ हो । यताको आफन्त उता पनि छन् । उताका इष्टमित्र यता पनि छन् । सीमाना बन्द भएपछि बुढाबूढीहरू आफन्त भेट्न नपाएर चिन्ता गरिरहेका छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा शिव उप्रेतीले गोरखाबाट समाचार लेखेका छन् ।