
काठमाडौँ, ५ जेठ । मुक्तिनाथ विकास बैंक लि.ले महानगरीय पहरी वृत्त माली गाउँसँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा बैंकले प्रहरीलाइृ सामाग्रीहरु ह्स्तान्तरण गरेको हो ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबैक्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।















प्रतिक्रिया