३ कार्तिक २०८३, मंगलबार

ईनारमा खसेर दुई जना युवकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, ५ असार । माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित ईनार सफा गर्ने क्रममा ईनारमा खसेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र सोही ठाउँ बस्ने २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।

इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।