३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गर्नुभयोः सभापति खरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताइन् ।

समितिको बैठकमा आइतबार छलफलका लागि बोलाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि सभापति खरेलले बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताइन् ।

प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

तर आज बिहान मात्रै प्रधानमन्त्रीका स्वकीय सचिवले प्रधानमन्त्री बैठकमा नआउने जानकारी गराएका थिए ।

समिति सभापति खरेलका अनुसार आज बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको थियो ।

समितिलाई अपमान नै गरिएको भन्दै सभापति खरेलले भनिन्, ‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ ।’