३ कार्तिक २०८३, मंगलबार

विद्यालयको हिसाब माग्दा प्रअले शिक्षिकामाथि लात्ती प्रहार गरे

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । खोटाङमा प्रधानाध्यापकले शिक्षिकामाथि कुटपिट गरेका छन् ।

दिप्रुङ चुइचुम्मा–२, डाँडागाउँस्थित साक्षरता प्राविका प्रधानाध्यापक लक्ष्मी पौडेलले विद्यालयकी शिक्षिका गोमा कार्कीमाथि कुटपिट गरेकी हुन् ।

प्रअ पौडेलले कुटपिटका क्रममा पेटमा लात्तीले हानेका थिए ।

कुटपिटबाट शिक्षिका कार्की सख्त घाइते भएकी छन् ।

कार्कीलाई उपचारका लागि विराटनगर लगिएको छ ।

शिक्षिका कार्कीले विद्यालयको पाठ्यपुस्तक, मसलन्द, अडिट लगायत खर्चको विषयमा जिज्ञासा राख्दा प्रअ पौडेलले कुटपिट गरेका हुन् ।

शिक्षिका कार्कीले शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकमा आफूमाथि प्रअले हातपात गर्दै लात्तीले हानेको बताइन् ।

शिक्षिकाका श्रीमान् कृष्ण कार्कीका अनुसार कुटपिटपछि निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या भएको र थप उपचारका लागि जिल्ला अस्पताल खोटाङले नोबेल अस्पताल विराटनगर रेफर गरिदिएको बताए ।

प्रअ पौडेलविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान सुरु गरेको जनाएको छ ।

लात्तीले हानेकाले यसअघि अपरेशन गरिएको पेटमा भागमा समस्या आएको कार्कीले बताइन् ।

विद्यालय व्यवस्थापनका पदाधिकारीहरुले पनि विवाद भएको र ठेलमठेल भएको देखेको बताएका छन् ।