
काठमाडौँ, ५ असार । रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज असार २० गते बस्ने भएको छ ।
सभामा कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभामा आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार ९ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा उपस्थित हुन पाउनेछन् ।















प्रतिक्रिया