३ कार्तिक २०८३, मंगलबार

तुलसीपुरमा युवतीमाथि सामूहिक बलात्कार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ४ असार । दाङको तुलसीपुरमा एक सुस्त मनस्स्थितीकी युवतिमाथि सामूहिक बलात्कारको घटना खुलासा भएको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ निवासी २५ वर्षीया युवतीमाथि तुलसीपुर ९ दोघरेस्थित निर्माणाधीन एउटा घरमा सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।