
सप्तरी, ४ असार । सशस्त्र प्रहरीले करोडौंको अवैध सामानसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसफ ब्यारेजबाट खटिएको टोलीलेले ट्रकसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको उतर प्रदेश कानपुर प्रान्त देहान बस्ने ३८ वर्षीय अवध बाबू र २३ वर्षीय धिरज कुमार छन् । नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।















प्रतिक्रिया