३ कार्तिक २०८३, मंगलबार

लागूऔषधसहित काठमाडौँबाट एक जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । भक्तपुरका एक जनालाई प्रहरीले लागूऔषधसहित काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीले शुक्रबार बेलुकी भक्तपुर नगरपालिका ४ का ५१ वर्षीय राजन भेलेलाई काठमाडौँको नागर्जुनबाट पक्राउ गरेको हो।

डाइजेपाम २४५ एम्पुल, फेनेरगन २७६ एम्पुल, नुफिन २७३ एम्पुल र मोबाइलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नागार्जुन नगरपालिका ६ जयन्ती गाउँमा डेरा गरी बस्ने भेलेले आफ्नो कोठामा लागूऔषध जम्मा गरी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।