
काठमाडौं, ४ असार । सरकारले नेपाल रेडक्रस सोसाइटीमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल संयोजक रहेको तदर्थ समिति गठन गरेको छ ।
तर, यो सर्वोच्च अदालतको आदेशविपरीत हो । सर्वोच्चको आदेशलाई लत्याउँदै गठबन्धनको भागबन्डाको आधारमा दोस्रो पटक नेपालको संयोजकत्वमा सरकारले तदर्थ समिति बनाएको छ । २०७९ जेठ ३१ को मन्त्रिपरिषद्ले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने निर्णय गरेको हो ।
पहिलो पटक २०७८ पुस १४ गते नेपालकै संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो । त्यस समय डा. नेत्र तिमल्सिनाको संयोजकत्वमा रहेको तदर्थ समितिको विघटन गरिएको थियो । विघटनपछि तिमल्सिना सर्वोच्च अदालत गए ।
सर्वोच्चले मन्त्रिपरिषद्को यो निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्दै पुस २३ मा अन्तरिम आदेश दियो । उक्त आदेशलाई सरकारले लत्याएको तिम्सिनाले प्रेस वक्तव्य जारी गर्दै बताएका छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन् ।













प्रतिक्रिया