२९ आश्विन २०८३, बिहिबार

राजस्व संकलनको लक्ष्य भेट्न कठिन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । पछिल्लो समय विभिन्न शीर्षकमा संकलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देश आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व संकलनको लक्ष्यसमेत भेटाउन नसक्ने अवस्था देखिएको छ । विभागले यस अवधीमा सबै शीर्षकमा गरी जम्मा ८८ दशमलव ४ प्रतिशत मात्र राजस्व संकलन भएको जनाएको छ ।

विभागको तथ्यांक विवरणअनुुसार चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ४ खर्ब १० अर्ब ४५ करोड ३६ लाख ३५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । सरकारले यो अवधिमा ४ खर्ब ६६ अर्ब १९ करोड ९१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

चालू आवको अन्तिम महिना ३ असारको दिन शुक्रबारसम्ममा सरकारले आफूले निर्धारण गरेको सो लक्ष्यभन्दा निकै कम मात्र राजस्व संकलन गरेको देखिएको छ, आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले समाचार लेखेका छन् ।