३ कार्तिक २०८३, मंगलबार

विदेश पठाई दिने भन्दै २१ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ असार । बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले कास्की पोखरा महानगरपालिका–१६ बिरौटा बस्ने २२ वर्षीया महिलालाई क्यानडा पठाई दिन्छु भनी ११ लाख ७१ हजार रुपैयाँ तथा काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी ९ लाख ७५ हजार रुपैयाँ आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाई बिदेश नपठाई ठगी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भई रहेको ।