
काठमाडौँ, ३ असार । संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा सहभागी नुहने भन्दै अमेरिकालाई पत्र पठाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले एसपीपी अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य खुलेको भन्दै त्यस कार्यक्रममा नेपाल संलग्न नहुने भन्दै अमेरिकालाई औपचारिक पत्र पठाउन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सरोकारवालासँगको छलफलपछि समितिले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
‘हालै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका कुराहरु एवं विवादास्पद विषयमा नेपाल सरकारको औपचारिक धारणा निर्णयको रुपमा आउनुपर्छ’, समितिको निर्णय गर्दै भनेको छ, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने ।’
















प्रतिक्रिया