काठमाडौँ, ३ असार । मंकीपक्सको आशंका गरिएका एक बिरामीमा कुष्टरोग देखिएको छ ।
दुबइबाट फर्किएका २६ वर्षीय युवक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा भर्ना भएका थिए । उनलाई मंकीपक्सको आशंकामा छुट्टै राखिएको थियो । तर उनलाई मंकीपक्स नभएर कुष्टरोग देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ,‘विभिन्न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको हुँदा २६ वर्षको उक्त पुरुषमा कुष्ठरोग पुष्टि भएको छ ।‘
यस्तो छ विज्ञप्तिः

















प्रतिक्रिया