३ कार्तिक २०८३, मंगलबार

गोंगबुबाट हिउँ चितुवाको छालासहित तीनजना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । काठमाडौंको टोखा नगरपालिका–१० गंगोबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाएर बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।