३ कार्तिक २०८३, मंगलबार

पहिरोमा परी घाइते भएकाको हेलिकप्टरबाट उद्धार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । बिहीवार राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी (सीडीओ) महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।