३ कार्तिक २०८३, मंगलबार

ताप्लेजुङको पहिरोमा सासु र बुहारी बेपत्ता, छोराको अवस्था गम्भीर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । ताप्लेजुङमा गएरातिको पहिरोमा एकै घरका दुई जना बेपत्ता भएका छन् । सिरीजङ्घ गाउँपालिका–७ खेवाङमा गएको पहिरोमा परेर सासु र बुहारी बेपत्ता भएका हुुन् ।

मुसलधारे वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारी बेपत्ता भएका छन् ।

पहिरोले अधिकारी परिवारका दुईवटै घर बगाएको छ । घर नजिकै बाँधिएका गाईवस्तुसमेत पहिरोमा पुरिएका छन् । पहिरोमा छोरा विष्णु अधिकारीले भागेर ज्यान जोगाए पनि अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएको छ ।