३० आश्विन २०८३, शुक्रबार

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।

आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो । केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो । केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले नयाँनयाँ आविष्कार गरेर सरकारलाई बिर्सन नसक्ने सहयोग गर्ने संस्थालाई बजेट व्यवस्था भएकोमा खुसी भएको बताए । शिक्षा मन्त्रालयको बजेट पुस्तकमा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ ।

विसं २०७६ कातिक १ गते वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनको नेतृत्वमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएको हो । करिब ८ करोड रुपियाँ लागतमा स्थापना भएको केन्द्रमा सयौं युवा वैज्ञानिकले विभिन्न प्रकारका उपकरण बनाइरहेका छन् ।

केन्द्रलाई सरकारले सहयोग नगरेको भन्दै सर्वत्र आलोचना भएको थियो । विभिन्न सामाजिक अभियन्ताले देशका वैज्ञानिकाको जीवनसँग जोडिएको केन्द्रलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै आएका थिए । आगामी आवमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेर केन्द्रलाई सरकार र केन्द्रबीच सम्बन्ध जोडेको छ, आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।