३ कार्तिक २०८३, मंगलबार

पेट्रोलियम पदार्थको नयाँ मूल्य आकाशिएर आयो, कति पुग्यो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । पेट्रोलियम पदार्थको मूल्य झनै उच्च वृद्धि भएर आएको छ ।

भारतले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्यसूचीमा वृद्धि भएर आएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढाएर नयाँ मूल्य सूचि पठाएको हो ।

निगमका अनुसार नयाँ मूल्य सूचि अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८ रुपैयाँ, डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा २.७० रुपैयाँ घाटा हुने छ ।

विश्वमै बढेको पेट्रोलियम पदार्थको मूल्यले नेपालमा पनि प्रत्यक्ष प्रभाव परेको छ ।