३ कार्तिक २०८३, मंगलबार

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा बिहिबारका अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै सम्पत्ति दायित्व मुल्याङ्कन कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जर पछिबन्ने संस्थाको संचालक समिति तथा सेयर आदानप्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गर्यो ।

सभाले मर्जरपछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गर्यो ।