३ कार्तिक २०८३, मंगलबार

नेपालमा मंकीपक्स भाइरस संक्रमणको आशंका

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरस संक्रमणको आशंका गरिएको छ ।

दुबईबाट आएका एक युवकलाई मंकीपक्स भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको छ ।

उनको लक्षण मंकीपक्ससँग मिल्दोजुल्दो देखिएकाले निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । उनको हातमा भएका फोकाहरु मंकीपक्स हो होइन भन्ने यकिन नभएको जनाइएको छ ।