
काठमाडौँ, २ असार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको अवैध लागुऔषध हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ ।
ब्युरोले जेठ २६ गतेदेखि ३१ गतेसम्मको सर्च अपरेसनले ५१ किलो हेरोइन बरामद गरेको हो ।
ब्युरोका अनुसार बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउँछ ।
विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका सबै सातैजना महिला हुन् भने उनीहरू सबै दक्षिण अफ्रिकी नागरिक रहेको ब्युरोले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ ।
प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो ।















प्रतिक्रिया