
काठमाडौँ, २ असार । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौता नभएको स्पष्ट पारेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाउँदै त्यसको पुष्टि गर्न चुनौती समेत दिएका छन् ।
ओली सरकारको पालामा एसपीपी सम्झौता भएको भन्नु एमालेविरुद्धको षड्यन्त्र भएको बताउँदै उनले पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताए ।
सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरे ।
असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको स्पष्ट पारे ।















प्रतिक्रिया