३ कार्तिक २०८३, मंगलबार

नबिल बैंकमा आकर्षक सुबिधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ असार । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथनबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा “नबिल इको फ्रेन्डली बिजनेस लोन” जारी गरेको छ ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु त्था वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जा योजना ल्याएको हो ।

यस कर्जायोजनाअन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%) कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुँचमा जोड दिनेछ ।

साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले “नबिल एसएमई सहकार्य योजनामा” आबद्ध गराउनेछ ।

“नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरुमध्येको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ”, बैंकका एसएमइ एण्ड एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) बताउँछन् ।

उनका अनुसार बैंकले यस कर्जा योजनाअन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समाबेश गर्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवाप्रदानगर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमान विनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।