
काठमाडौँ, २ असार । थापाथली इन्जिनियरिङ क्याम्पसका एक विद्यार्थीको शव फेला परेको छ ।
आर्किटेक्चर इन्जिनियरिङ पढ्दै गरेका अभिशेष जैसवालको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी चौधरी गु्रपको निर्माणाधीन भवनको कम्पाउण्डमा पढ्दै गरेका जैसवाल मृत भेटिएका हुन् ।
आइतबारदेखि बेपत्ता जैसवालको शव फेला परेको हो । प्रहरीले शव भेटिएको स्थानमा कुुकुर परिचालनसमेत गरेको छ ।
जैसवाल आफैले छतबाट हाम फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
उनको शरिरमा लडेको चोटमात्र देखिएको प्रहरीले जनाएको छ ।
उनी अध्ययनमा अब्बल रहेको र आमासँग झगडा गरेर निस्किएका बताइएको छ ।















प्रतिक्रिया