३ कार्तिक २०८३, मंगलबार

बलात्कार मुद्दाका प्रतिवादी ११ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ असार । बलात्कार घटनाका एकजना प्रतिवादीलाई मोरङ प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका प्रतिवादी पथरीशनिश्चरे नगरपालिका–९ का ३१ वर्षीय मुकवीर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ गरेर अदालतमा बुझाइएको उनको भनाइ छ । राईलाई जबरजस्ती करणी मुद्दामा तत्कालीन पुनरावेदन अदालत विराटनगरले २०६८ साल जेठ २४ गते ९ वर्ष १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन उनी फरार बनेका थिए ।