३ कार्तिक २०८३, मंगलबार

धनगढीमा नक्कली नोट छाप्ने मेसिन सहित दुईजना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २ असार । धनगढी उपमहानगरपालिकाबाट नक्कली नोट र रंगीन प्रिन्टरसहित दुईजना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मायामेट्रो अस्पतालमा भुक्तानी गर्ने क्रममा अनुरागले दिएको एक हजारको नोट नक्कली पाइएपछि उनीसँग सोधपुछको क्रममा धनगढी–८ मा फोटो स्टुडियो सञ्चालन गरी बस्ने मामा नाता पर्ने रामदासले दिएको भन्ने खुलेपछि दुवैजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार स्टुडियोबाट पाँच थान रंगीन मसीका डिब्बा, रंगीन प्रिन्टर, मनिटर, सीपीयू, लेमिनेसन मेसिन, किबोर्ड, कैंची र ब्लेड पनि बरामद गरिएको छ ।

त्यस्तै उनीहरुको साथबाट एक हजार रुपैयाँका दुईवटा नोट र एक हजारको एउटा र एक सयको दुईवटा बिग्रेको नोटसमेत बरामद गरिएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।